FLASH NEWS
  • Loading...

मिथिलामा ‘जुडशीतल’ मनाइँदै

  • गोल्डेन खबर
  • १ साल अघि
  • १९६ पटक पढिएको
मिथिलामा ‘जुडशीतल’ मनाइँदै

जनकपुर । मधेशको प्राचीन मिथिला क्षेत्रमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइन्छ । वैशाख सङ्क्रान्तिका दिन हुने जुडशीतल पर्व विधिमा वैशाख–२ गते घर परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशीर्वाद दिने चलन छ ।

मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये ‘जुडशीतल’ पर्दछ । यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता कुलदेवतालाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । त्यसैगरी गुणकारी सोहिजन ९मुन्गा० को तरकारी, चनाको पिठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढी–बरी’ ९बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार०, काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन् ।

बैशाख सङ्क्रान्ति अर्थात नयाँ वर्ष प्रारम्भ भएकै दिन ‘जुडशितल’ पर्व सुरु गरिन्छ । पहिलो दिन चना ९बदाम०, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरुलाई दान गरिन्छ । बढ्दो गर्र्मीमा शितलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । ‘सतुवाइन’ मैथिल ९मिथिलाका बासिन्दा० ले हिजै सम्पन्न गरेका छन् ।

पर्वको दोस्रो दिन अर्थात आज ९वैशाख–२ गते० घररघरमा परिवारका श्रेष्ठ सदस्यले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशिर्वाद दिएका छन् । नयाँ वर्र्षले जीवनमा शितलता प्रदान गर्न सकोस्भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुको भनाइ छ । यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा चना ९बदाम० को सातु, दाल, सोहिजन ९मुन्गा० को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर कढी पकाएर खाइने परम्परा रहेको छ ।

जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । धुलो र हिलो माटो छेपाछेप गर्नु पनि कृषि कार्यमा सधैँ लागि रहन पाइयोस् भन्ने कामना रहेको मिथिला संस्कृति तथा परम्पराका जानकार सेवानिवृत शिक्षक भङ्गाहा–७ मेघरोलका बासिन्दा चन्द्रनारायण सिंह थारु बताउनुहुन्छ ।

खासमा नयाँ वर्ष प्रारम्भसँगै यो वर्षभरि खेतीपातीका लागि अनुकूल समय रहोस् भन्ने पर्वको अन्तर्य रहने हुँदा यो कृषि पर्व रहेको बर्दिबास–९ पशुपतिनगरका ८५ वर्षीय किसान नथुनी महतोको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित