FLASH NEWS
  • Loading...

प्रचण्डसँगको पार्टनरसीप सुपरहिट बनाउने छुः नरेन्द्र मोदी

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • २३२ पटक पढिएको
प्रचण्डसँगको पार्टनरसीप सुपरहिट बनाउने छुः नरेन्द्र मोदी

काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको पार्टनरसीप सुपरहिट बनाउने बताएका छन् ।

मोदीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।मोदीले भने, ‘मैले र प्रधानमन्त्री प्रचण्डजीले भविष्यमा आफ्नो पार्टनरसीप सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएका छौं ।’ उनले नेपालबाट वर्षको १० हजार मेगावाट बिजुली किन्नेदेखि नेपालमा मल कारखाना सञ्चालन गर्न सहमत भएको पनि बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित