FLASH NEWS
  • Loading...

नेपाल टेलिकमको भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज बन्यो अझै सुविधायुक्त

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • १७२ पटक पढिएको
नेपाल टेलिकमको भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज बन्यो अझै सुविधायुक्त

काठमाडौं— नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको छ ।

 

कम्पनिका प्रवक्ता शोभन अधिकारीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कुरा बताएका हुन् । उनले भने, नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत रु। ६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न, अन्य नेटवर्कमा १०० मिनेट कल गर्न साथै अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ ।

त्यसैगरी यो अफर अन्तर्गत पहिले प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डाटा उपलब्ध हुनेछ । पहिले सो ३०० एमबी डाटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकता बमोजिम ९ जीबी डाटा जतिबेर पनि प्रयोग गर्न सकिन्छ । यो डाटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्ने छन् ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2# डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित