FLASH NEWS
  • Loading...

श्रम लुटिएका पत्रकार :सुस्मा तिखत्री

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • ९६६ पटक पढिएको
श्रम लुटिएका पत्रकार :सुस्मा तिखत्री

म एक श्रमजीवि पत्रकार कैंयौँ नागरिकको आवाज बोल्दैछु
तर मेरो आवाज बुलन्द  हुने आजसम्म कुनै माइक्रोफोन बनिएका छैनन् ।
भौँतारिए म कुनै आवाजले मात्र होइन् मेरो श्रम लुटियो यहाँ
मेरो दिन दैनिकी बाह्र घण्टा सम्म भुटिए यहाँ ,
बुलन्द आवाज पनि शुन्यतामा कतै बिलाइदियो ,
नेपथ्यले अलि गिज्याइरहेछ ।
द्रबिलो स्वरले समाचार पढ्न् मेरा आवाजहरु,
आज भोली दबिएका छन्, किनकी मेरो श्रम लुटिएको छ ।
अभावले भौतारिएको छु म
दुख र अभावका पराकाष्ठ हुन् पत्रकार
तर उनीहरुका आवाज कसले सुनिदिने ?
मर्यादा र प्रतिष्ठालाई हेर्दा हेर्दै कैयौँ सपनाहरु
सडकमा छरपष्ट भएका छन् ।
घरमा सन्ततिहरु आतिएका छन् ।
अनि भौंतारिएका छन् पत्रकारहरु आफ्नो पारिश्रमिक नपाएर
मिडिया मालिक भनाउँदाहरुलाई अब सोध्न मन छ गरिवी के हो ?
भन्न मन छ भोक हो ?
ए , श्रम लुटेरा हो गरिवी का रतग चुस्न नगर
एक दिन तिनै लुटिएकाहरुले तेरो चुस्दा थाहा पाउने छस्,
त्यतिबेला तैँले कुनै क्षमा पाउने छैंनस्

सुस्मा तिखत्री

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%२%४%