FLASH NEWS
  • Loading...

माइतीघर–बानेश्वर केन्द्रित आन्दोलन आजैबाट स्थगित, सहकारीपीडित र सरकारबीच भयो ७ बुँदे सम्झौता

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • १४८ पटक पढिएको
माइतीघर–बानेश्वर केन्द्रित आन्दोलन आजैबाट स्थगित, सहकारीपीडित र सरकारबीच भयो ७ बुँदे सम्झौता

काठमाडौं— माइतीघर–बानेश्वर केन्द्रित आन्दोलन आजैबाट स्थगित हुने गरी सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकारबीच ७ बुँदे सम्झौता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको रोहबरमा दुईपक्षबीच सम्झौता भएको हो ।

 

बिहीबार अपरान्ह भएको सम्झौतामा सहकारी क्षेत्रको सुधारका लागि सुझाव दिन गठित कार्यदलमा अनसनरधर्नामा रहेका बचतकर्ताबाट ३ जनालाई आमन्त्रित सदस्यको रूपमा समावेश गर्ने, बचतकर्ताको रकम फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अघि बढाउने उल्लेख छ ।

त्यस्तै कर्जा प्रक्रियालाई छोटो छरितो र प्रवभाकारी बनाउने, ओरेन्टललगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाइ मन्त्रालयले समन्वय गर्नेलगायतका निर्णय भएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित