FLASH NEWS
  • Loading...

सामान्य प्रशासन मन्त्री अनिता देवी साहले लिइन शपथ

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • १६१ पटक पढिएको
सामान्य प्रशासन मन्त्री अनिता देवी साहले लिइन शपथ

काठमाडौं-जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।

यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।

यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित