FLASH NEWS
  • Loading...

सुन तस्करीमा आफ्नो नाम मुछिएपछि महराले भने, मेरो राजनीतिक जीवन नै सिध्याउन खोजियो

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • २०१ पटक पढिएको
सुन तस्करीमा आफ्नो नाम मुछिएपछि महराले भने, मेरो राजनीतिक जीवन नै सिध्याउन खोजियो

काठमाडौं- भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा नाम मुछिएपछि राहुल महराले बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोजेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले सञ्चारमाध्यम आफै न्यायालय बन्न खोजेको भन्दै असन्तुष्टि जनाएका हुन् । पूर्व सभामुख कृष्णबहादुर महराका छोरासमेत रहेका राहुल महराले राज्यको निकायले अनुसन्धान गरिरहेको पूर्ण रुपमा सहयोग गर्ने बताउँदै प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुने जिकिर गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित