FLASH NEWS
  • Loading...

भारतले सूर्यको अनुसन्धानका लागि आज त्यसतर्फ अन्तरिक्ष यान पठाउँदै

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • २२६ पटक पढिएको
भारतले सूर्यको अनुसन्धानका लागि आज त्यसतर्फ अन्तरिक्ष यान पठाउँदै

काठमाडौं_ भारतले सूर्यको अनुसन्धानका लागि अन्तरिक्ष यान पठाउने भएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भएको एक सातापछि नै भारतले सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष यान पठाउने भएको हो ।

आदित्य एल९ वान नाम दिइएको सो अन्तरिक्ष यान स्थानीय समय अनुसार आज बिहान ११ बजेर ५० मिनेटमा प्रक्षेपण गरिनेछ । भारतको चेन्नाईबाट १ सय किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित देशको अन्तरिक्ष यान प्रक्षेपण केन्द्रबाट यानलाई अन्तरिक्षमा पठाइनेछ ।

भारतीय अन्तरिक्ष निकायले सार्वजनिक गरेका तस्बिरहरूमा प्रक्षेपण केन्द्रको ‘लन्च प्याड’ मा अन्तरिक्षमा परिक्रमा गर्ने यान बोकेको रकेट पूर्ण रूपमा तयार अवस्थामा रहेको देखिएको छ ।

भारतको योजना अन्तरिक्षमा आधारित एउटा वेधशाला त्यता प्रक्षेपण गर्नु रहेको छ जसले पृथ्वीको सबैभन्दा नजिकको तारा पनि भनिने सूर्यको अनुगमन र अनुसन्धान गर्न सकोस् ।

त्यस्तो प्रकारको भारतको पहिलो अन्तरिक्ष अभियानले नजिकबाट सौर्य आँधी जस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्नेछ । सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्ष अभियान भने होइन ।

नासा र युरोपेली अन्तरिक्ष एजेन्सी इएसएले पहिले नै सूर्यको परिक्रमा गर्ने यान पठाइसकेका छन् । पृथ्वीबाट सूर्यको दूरी १५ लाख किलोमिटर टाढा रहेको छ । आदित्य एल९वानलाई सूर्य सम्म पुग्नका लागि झण्डै ४ महिनाको समय लाग्नेछ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित