FLASH NEWS
  • Loading...

एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा नेम्वाङको निधनप्रति दुःख व्यक्त

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १०७ पटक पढिएको
एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा नेम्वाङको निधनप्रति दुःख व्यक्त

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन् । संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थीव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

नेम्वाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित