FLASH NEWS
  • Loading...

नेम्वाङको पार्थिव शरिर आज दिउँसो १ बजेसम्म पार्टी मुख्यालयमा राखिने

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • २५५ पटक पढिएको
नेम्वाङको पार्थिव शरिर आज दिउँसो १ बजेसम्म पार्टी मुख्यालयमा राखिने

काठमाडौं – संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिर आज दिउँसो १ बजेसम्म पार्टी मुख्यालयमा राखिने छ ।

सोमबार राती निधन भएका नेम्वाङको पार्थिव शरिर मंगलबार दिनभर श्रद्धान्जलीको लागि च्यासलस्थित एमालेको पार्टी कार्यालयमै राखिएको थियो ।

रातभर कार्यालयमा नै राखिएको नेवाङको पार्थिव शरिर आज दिउँसो १२ बजे बालुवाटार लैजाने तय भएको एमालेका एक नेताले बताए ।र पछि बालुवाटार लैजाने तय भएको एमालेका एक नेताले बताए ।

अष्ट्रेलिया र बेलायतबाट दुवै छोरा आएपछि भोलि मात्र अन्तिम संस्कार गरीने भएको छ । बेलायतमा रहेका नेम्वाङका जेठो छोरा आज नेपाल आईपुग्दै छन भने अष्ट्रेलियामा रहेका कान्छो छोरा भोलि आइपुुग्ने बुझिएको छ ।

नेम्वाङको पार्थिव शरिरलाई भोलि साढे ११ बजे पशुपति आर्यघाटमा राजकिय सम्मानका साथ अन्तिम संस्कार गरिने पार्टीले जनाएको छ । उनको अन्तेष्टिको दिन सरकारले शोक बिदा पनि दिने निर्णय गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित