FLASH NEWS
  • Loading...

वरिष्ठ कलाकार हरिवंश आचार्यद्धारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • १९१ पटक पढिएको
वरिष्ठ कलाकार हरिवंश आचार्यद्धारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं- वरिष्ठ कलाकार हरिवंश आचार्यले नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आचार्यले एमाले मुख्यालय च्यासल पुगेर स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । मंगलबार बिहान निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न हजारौंको संख्यामा नेता कार्यकर्ता च्यासल पुगेका थिए ।

हृदयघातका कारण आकस्मिक निधन भएका नेम्वाङको अन्त्येष्टी बिहीबार गरिने भएको छ । संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभाका पूर्व सभामुख समेत रहेका नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा लिम्बू र हिन्दू दुबै संकारअनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मंगलबार बिहान निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि मंगलबारदेखि अहिले केहिबेरसम्म उनको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा राखिने एमालेले जनााएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित