FLASH NEWS
  • Loading...

कास्कीमा बस दुर्घटना, ७ जना घाइते

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • ४८ पटक पढिएको
कास्कीमा बस दुर्घटना, ७ जना घाइते

काठमाडौं । कास्कीमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा बस दुर्घटना भएको हो ।

काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस आज बिहान २ बजेर ५० मिनेटमा हेम्जा सईखेतमा पल्टिँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा बागलुङको तमानखोला गाउँपालिका वडा नं. ३ तमान बस्ने २५ वर्षीया रीता घर्ती, म्याग्दीको मालिका गाउँपालिका वडा नं. ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी छन् ।

यसैगरी म्याग्दीकै मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ वर्षीय नरबहादुर पुन र सोही ठाउँकी ६५ वर्षीया कृष्ण कुमारी पुन पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइतेहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय बगरको टोलीले घाइतेहरुको उद्धार गरेको हो ।

चालकले नियन्त्रण गुमाउँदा बस सडकको वायाँ साइडमा पल्टिएको थियो ।

बस चालक म्याग्दीको बेनी नगरपालिका वडा नं. ६ बस्ने ३२ वर्षीय राजकुमार गैरेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित