FLASH NEWS
  • Loading...

पाकिस्तानमा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु, ३५ जना घाइते

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • ४७ पटक पढिएको
पाकिस्तानमा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु, ३५ जना घाइते

काठमाडौँ । पाकिस्तानको दक्षिणपश्चिम बलोचिस्तान प्रान्तको हब जिल्लामा ट्रक दुर्घटना भएको छ ।

ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले पुष्टि गरेको छ ।

बुधबार राति धार्मिक तीर्थयात्री बोकेको ट्रक जिल्लाको गुलाम हुसेन चट्टा क्षेत्रमा खाल्डोमा खस्दा उक्त दुर्घटना भएको इधी उद्धार संस्थाका स्थानीय प्रतिनिधि अब्दुल हकीमले बताएका छन् ।

तीर्थयात्रीहरू दक्षिणी सिन्ध प्रान्तको थट्टा जिल्लाबाट बलोचिस्तानको खुजदार जिल्लामा रहेको एउटा तीर्थस्थलमा जान लागेका थिए ।

चालकले गाडीको नियन्त्रण गुमाएका कारण दुर्घटना भएको बताए ।

सूचना पाएपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेर पीडितहरूलाई स्थानीय अस्पतालमा सारिएको थियो । उनीहरूलाई थप उपचारको लागि कराँची लगिएको छ ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित