FLASH NEWS
  • Loading...

यसरी मनाइयो भक्तपुरमा सिन्दुर जात्रा

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • ४८ पटक पढिएको
यसरी मनाइयो भक्तपुरमा सिन्दुर जात्रा

काठमाडौं । आज भक्तपुरको ठिमीमा सिन्दुरजात्रा मनाइएको छ। ८ रात ९ दिन जात्रामा वैशाखको २ गते सिन्दुर जात्रा मनाउने गरिन्छ।

आइतबार भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट, बिस्का जात्राको एक अंशको रूपमा सिन्दुर जात्रा मनाइएको हो ।

लिच्छविकालदेखि चल्दै आएको बिस्केट जात्रा मध्यकालमा आएपछि भव्‍यताका साथ मनाउन थालिएको हो।

यो जात्रालाई विजय उत्सव मनाएको अर्थमा बुझ्‍ने गरिन्छ। यो जात्रामा आफ्नो साथीभाईसँग फुस्रो सिन्दुर लगाएर मनाइन्छ। यसलाई होलीको अर्को रूप पनि भनिन्छ।

बिस्का जात्राको अवसरमा मध्यपुरथिमीका बासिन्दाले हरेक वर्ष वैशाख २ का दिन विभिन्न देवी–देवताको ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाउने परम्परा छ ।

सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ।

जात्रा सुरु भएपछि हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ।

जात्रामा थिमीको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजासहित बिस्केट जात्रा मनाइएको छ।

केही वर्षअघिसम्म ३२ खट नगरपरिक्रमा गराउने गरिएको भएपनि पछिल्ला केही वर्ष खटको संख्या कम हुँदै गएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित