FLASH NEWS
  • Loading...

निर्वाचनलाई मध्यनजर गरी भारतसित जोडिएका सिमा नाका ७२ घण्टाका लागि बन्द

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ४८ पटक पढिएको
निर्वाचनलाई मध्यनजर गरी भारतसित जोडिएका सिमा नाका ७२ घण्टाका लागि बन्द

काठमाडौं । भारतसित सीमा नाका जोडिएका नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएको छ ।

भारतको उत्तराखण्ड राज्यमा वैशाख ७ गते हुने लोकसभाको निर्वाचनलाई मध्यनजर गरी सीमा जोडिएका जिल्लाका नाकाहरु बन्द गरिएको हो ।

भारतसित सीमा जोडिएका नाका ७२ घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उक्त निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार साँझ ७ देखि वैशाख ७ गते साझ ७ बजेसम्म भारतसित सीमा जोडिएका नाका बन्द गरिएको जनाएको छ ।

जिल्लाका सीमा जोडिएका सदरमुकाम खलंगाको पुलघाट, ब्यास गाउँपालिकाका सीतापुल, माल, मल्घट्टा, तिग्रम, बडूगाउँ, दत्तु, जौलजीवी, बाकु र लालीका नाका ७२ घण्टाका लागि बन्द गरिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै भारतमा अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित