FLASH NEWS
  • Loading...

आकाशिएको सुनको मूल्यबाट आजित ग्राहक, विवाहको सिजनमा पनि बढेन माग

  • गोल्डेन खबर
  • ३ महिना अघि
  • १३८ पटक पढिएको
आकाशिएको सुनको मूल्यबाट आजित ग्राहक, विवाहको सिजनमा पनि बढेन माग

काठमाडौं‌ । पछिल्लो समय सुनको भाउ आकाशिएको बजार भाउबाट ग्रहकहरु पनि आजित भएका छन् ।

वैशाख महिना, विवाहको लगन, अनि सुनचाँदी आकासिएको मूल्यले बजारमा सुन पसलहरु नै प्रभावमा परेका छन् । यतिखेर नेपाली समाजमा परम्परागत रीतिरिवाज, चलनअनुसार विवाहको सिजनमा गरगहनालाई चासोका रूपमा लिइने गरिन्छ।

विवाह भन्नेबित्तिकै सुनचाँदी जोडिहाल्ने हाम्रो चलन छ तर अहिलेको भाउले विवाहमा शरीर धपक्कै बल्नेगरी पहेँलो धातु सुन लगाउने र लगाइदिनेहरूको रहर योजना खल्लो बनाइदिएको हो ।

विशेषगरी अन्तर्राष्ट्रियस्तरमा देखापर्ने वित्तीय एवं राजनीतिक संकटका कारण प्रभावित हुने गरेको सुनलाई व्यवसायीहरूले सुरक्षित लगानीका रूपमा लिने गरेका छन्। तर, सामान्य आर्थिक अवस्था भएकाका लागि छुनै नसक्नेगरी बढेको भाउले सुनमा लगानी गर्नेहरूलाई पनि असर गरेको छ।

नेपालमा विशेषगरी विवाहको सिजनमा सुनचाँदीको माग बढ्ने गरेको छ। तर, तुलनात्मक रूपमा अघिल्ला वर्षहरुमा भन्दा अहिले विवाहको सिजनमा पनि माग बढ्न सकेको छैन।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित