FLASH NEWS
  • Loading...

अर्घाखाँचीको धारापानीमा लागेको भीषण आगलागीबाट २० घरगोठ ध्वस्त, हावाहुरीले क्षति बढायो

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ४२ पटक पढिएको
अर्घाखाँचीको धारापानीमा लागेको भीषण आगलागीबाट २० घरगोठ ध्वस्त, हावाहुरीले क्षति बढायो

काठमाडौं । अर्घाखाँचीको धारापानीमा लागेको भीषण आगलागीबाट कम्तिमा २० घरगोठ ध्वस्त भएको छ । हावाहुरीले क्षति बढाएपछि आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ। वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेति बस्तीमा सल्किएको थियो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलका अनुसार भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २० घरगोठ जलेर नष्ट भएको छ ।

उहाँका अनुसार भीषण आगोले गाउँ नै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताए। प्रहरी, दमकल, स्थानीयले आगो निभाउने प्रयास गरिरहे पनि नियन्त्रण बाहिर छ ।

जिल्ला प्रहरी कार्यालयबाट गएको टोली र स्थानीयको टोलीले नियन्त्रणको प्रयास भइरहेको छ । मानवीय क्षति नभए पनि पशुचौपाया मरेको, घरगोठ जलेको स्थानीय टेकराज भुसालले बताउनुभएको छ ।

क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीको भनाइ छ। पाणिनी गाउँपालिका–३ खुलैलेमा तीन घरगोठ जलेर नष्ट भएका छन् ।

आगलागीबाट शोभाखर बन्जाडेको गोठ, रेशम परियारको घर र गोठ, वसन्त मल्ल ठकुरीको घर गोठ, विष्णु जिएम खोकाको पसल जलेको छ। साथै गङ्गाबहादुर र दुर्गा विकको थोरे घर, पूर्णप्रसाद भुसालको गोठ र बाइक, भुपलाल भुसालको गोठ र भैसी जलेका छन्।

झबिवाल भुसाल, खिमप्रसाद भुसाल, तिलक भुसाल, ईश्वरी भुसाल काशीराम भुसालको घर जलेको छ भने गङ्गा भुसालको गोठ, रामजी भुसालको घर र थारो, कृष्ण ओलीको घर, थारो र भैसी, दोलप्रसाद भुसाल र पिताम्बर भुसालको थारो जलेको प्रहरीले जानाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित