FLASH NEWS
  • Loading...

विश्वकप खेल्ने टोली बनाउन चुनौतीपूर्ण छः कप्तान रोहित

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ५८ पटक पढिएको
विश्वकप खेल्ने टोली बनाउन चुनौतीपूर्ण छः कप्तान रोहित

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावित धेरै खेलाडीमा रहेको बताएका छन् ।

उनले राष्ट्रिय टोलीका लागि सम्भावित धेरै खेलाडी रहेकाले टी–२० विश्वकपका लागि अन्तिम १५ जना खेलाडी छान्नु चुनौतीपूर्ण रहेको बताएका हुन्।

शनिवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेष्ट इण्डिज ‘ए’ विरुद्ध कप्तानी इनिङ खेल्दै नेपाललाई जित दिलाएपछि पत्रकार सम्मेलनमा उनले सो धारणा राखेका हुन्।

आयरल्याण्डसँगको खेलबाट नै सबै खेलाडीमा राम्रो क्षमता देखिएको र सबैमा रिप्लेसमेन्ट गर्नसक्ने क्षमता रहेको रोहितले उल्लेख गरेका छन् । त्यसैले टी–२० विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न चुनौती रहेका बताएका छन् ।

क्षमतावान खेलाडी धेरै रहेको उल्लेख गर्दै समग्रमा सबैको प्रदर्शन राम्रो रहेको धारणा राख्दै उनले आउने दिनमा जसले राम्रो गर्नसक्छ त्यहाँबाट उत्कृष्ट १५ खेलाडी विश्वकपका लागि छनोट हुने भनाइ छ।

रोहित कप्तान रोहितले आगामी १र२ खेलको प्रदर्शनले नै विश्वकपका लागि सबैको भूमिका तय हुने पनि बताए।

उनले शतकीय इनिङ खेल्छु नै भन्ने योजनामा नरहेको पनि उल्लेख गरे। आफूले बलमा ध्यान दिँदै सोहीअनुरूप ब्याटिङ गरेको तर सोचेअनुरूप ब्याटिङ भएको उनले बताए। उनले आज आफ्नो दिन थियो जस्तो लागेको पनि उल्लेख गरे।

कप्तान रोहितले प्रशिक्षक मोन्टी देसाईसँग एउटा खेलाडीले राम्रो गर्नसक्यो भने टोलीमा आत्मविश्वास बढ्छ भन्ने छलफल हुने गरेको बताए। त्यसैले यो इनिङले टोलीमा आत्मविश्वास बढ्ने अपेक्षा उनको छ।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले ओमान भ्रमणमा आशातित प्रदर्शन गर्न नसकिएको उल्लेख गर्दै त्यसको जिम्मेवारी आफूले लिने तर आज रोहितले राम्रो प्रदर्शन गरेको बताए।

पछिल्लो १५ महिनामा रोहितको उत्कृष्टमध्ये आजको प्रदर्शन एक रहेको प्रशिक्षकको बुझाइ छ। उनले एउटा खेलबाट कोही पनि राम्रो र नराम्रो भन्न नसकिने पनि स्पष्ट पारे।

प्रशिक्षक मोन्टीले वेष्ट इण्डिजसँगको यो खेलले नेपाली टोलीमा आत्मविश्वास बढाउने आशा व्यक्त गर्दै वेष्ट इण्डिजका प्रशिक्षक फ्लोयड रेइफरले आजको खेलमा राम्रो गर्न नसके पनि आगामी खेलमा राम्रो गर्ने बताएका छन् ।

आफ्नो टोलीले राम्रो शुरुवात गरे पनि त्यसलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित