FLASH NEWS
  • Loading...

प्रदेशसभा १ उपनिर्वाचन बझाङः मतदान शान्तिपूर्ण

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ५४ पटक पढिएको
प्रदेशसभा १ उपनिर्वाचन बझाङः मतदान शान्तिपूर्ण

काठमाडौं । बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न पश्चात मतपेटिका गणनास्थलतर्फ लगिँदै छ ।

बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा ९३ मतदान केन्द्र र ७४ मतदानस्थल रहेका थिए ।। ती सबैमा शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख मानबहादुर धामीका अनुसार कुल ६१ हजार ७६८ मतदाता रहेको बझाङमा ३० हजार ३२८ मत खसेको र साइपाल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ बाहेक अरू वडा र स्थानीय तहका मतपेटिका मतगणनास्थल सदरमुकाम चैनपुरतर्फ लगिरहेको छ । ्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित