FLASH NEWS
  • Loading...

गण्डकी सरकार गठनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ११८ पटक पढिएको
गण्डकी सरकार गठनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । गण्डकी सरकार गठनविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

सोमबार न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरेको हो।

सर्वोच्चले उक्त रिट नै खारेज गरेपछि अब मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार विस्तार गर्न र विश्वासको मत लिन बाटो खुला भएको छ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत मत लिएको आरोपसहित आफ्नो नेतृत्वमा सरकार गठनको आदेश माग गर्दै रिट दायर गरेका थिए।

गत २०८० चैत २५ मा एमाले संसदीय दलका नेता खगराज अधिकारीले एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दावी पेश गरेका थिए।

प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेस नेता पाण्डेले माओवादी संसदीय दलभित्र सांसदको गणना गर्दा सभामुख कृष्ण धितालको पनि मत गणना संविधान विपरीत भएको भन्दै रिट दर्ता गरेका थिए।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित