FLASH NEWS
  • Loading...

गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनीलाई

  • गोल्डेन खबर
  • २ महिना अघि
  • १२९ पटक पढिएको
गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनीलाई

काठमाडौँ । मूलपानी क्रिकेट मैदानमा आज भएको पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ।

फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गर्दै उपाधि जितेको हो।

लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८५ रनमा समेट्न पुग्यो ।

कर्णालीका लागि विपिन शाहीले सर्वाधिक २८ रनको योगदान दिए भने विपिन रावतले २३ रन बनाए। दीपेन्द्र रावतले अविजित १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

लुम्बिनीको जितमा अभिषेक गौतमले ५ विकेट लिए भने नर सार्कीले २ तथा देव खनाल र निर्मल गुरुङले समान १र१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन बनाएको थियो।

लुम्बिनीका लागि म्रिनाल गुरुङले सर्वाधिक २७ रनको योगदान दिए। उनले ३० बल खेल्ने क्रममा ३ चौका प्रहार गरे भने विराट भण्डारीले २३ बलमा २६ रन जोडे। कृष्ण कार्कीले २२ रन बनाएका थिए ।

कर्णालीका लागि युनिस ठकुरीले ३ विकेट लिए भने दिनेश अधिकारी र दिवन पुनले २र२ विकेट लिए। प्रकाश जैशीले १ विकेट झारे।

यसअघि भएका लिग चरणको खेलमा लुम्बिनी, कर्णाली र बागमती प्रदेशले ८र८ अङ्क जोडेका थिए।

नेट रनरेटका आधारमा लुम्बिनी पहिलो र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित