FLASH NEWS
  • Loading...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित छौंः अर्थमन्त्री पुन

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ११९ पटक पढिएको
लगानी सम्मेलन सफल भयो, हामी उत्साहित छौंः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताउनुभएको छ ।

तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोेल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताउनुभएको छ ।

उहाँले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको उल्लेख गर्नुभएको छ । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरुको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उहाँको भनाइ थियो ।

लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको बताउँदै मन्त्री पुनले बैठकमा विकास साझेदारहरुसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधर बनाइने प्रतिबद्धता जनाउनुभएको छ ।

‘सम्मेलनको उदघाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिंगो देश एकढिक्का रहेको सन्देश विश्वभर प्रवाह भएकामा खुसी व्यक्त गर्नुधएको छ ।

नेपालको विकास प्रयासमा साथ दिन विकास साझेदारका तर्फबाट सम्मेलनमा भएको उपस्थिति र प्रतिबद्धताका लागि धन्यवाद दिए ।

उहाँले लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजनाहरुमा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखिएकामा खुसी व्यक्त गर्नुधयो ।

मन्त्री पुनले विगतदेखि गरिँदै आएको प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत ९ वटा कानुनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको अनुभूति भएको उल्लेख गर्नुभएको छ ।

यस्तै विकास साझेदारहरुले चासो राख्दै आएको मुलुकको सार्वभौम साख मूल्याङ्कन ९सोभरेन क्रेडिट रेटिङ० को प्रक्रिया अघि बढेको जानकारी उनले गराए ।

मन्त्री पुनले नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र पूर्वाधारका परियोजनाहरूमा प्रचुर सम्भावना रहेको औंल्याउनुभयो ।

उहाँले नेपाल दुई ठूला उदयीमान अर्थतन्त्र भएका चीन र भारतको बीचमा रहेका रहेका कारण नेपालमा स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर रहेको बतानुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित