FLASH NEWS
  • Loading...

मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना र घरेलु उद्यमशिलता बढाउनुपर्छः राष्ट्रपति

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ९८ पटक पढिएको
मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना र घरेलु उद्यमशिलता बढाउनुपर्छः राष्ट्रपति

|राष्ट्रपति पौडेल–अवलोकन काठमाडौँ, २६ वैशाख ः राष्ट्रपति रामचन्द्र पौडेल बुधबार काठमाडौँ, भृकुटीमण्डपमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ एवं केन्द्रीय महिला उद्यमी समितिद्वारा आयोजित १७औँ नेपाल अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को अवलोकन गर्दै । तस्बिर ः किरणराज विष्ट÷रासस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशिलतालाई बढवा दिन जरुरी रहेको बताउनुभएको छ ।

बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले गरिबी न्युनिकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु,घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित