FLASH NEWS
  • Loading...

प्रमुख प्रतिपक्षीलाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक लेखक

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ९९ पटक पढिएको
प्रमुख प्रतिपक्षीलाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक लेखक

काठमाडौँ । संसदमा प्रमुख प्रतिपक्षले उठाएका महत्वपूर्ण विषयको सरकारले बेवास्ता गरेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आरोप लगाउनुभएको छ ।

सि‌ंहदरबारमा पत्रकारसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले मन्त्री वा कुनै व्यक्ति विशेष नभई हजारौँ जनताको अर्बौं रकम हिनामिना र अपचलन भएको विषयमा छानबिन गरौँ भन्दा त्यसको बेवास्ता गरिएको आरोप लगाउनुभयो ।

जनताले छाक काटेर सहकारीमा राखेको रकम अपचलन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने प्रमुख सचेतक लेखकको भनाइ छ ।

नेपाली कांग्रेस सरकारमा रहँदा पनि ऐन निर्माणका लागि आवश्यक विधेयक ल्याउने र पारित गर्ने विषयमा कमी कमजोरी भएको पनि स्वीकार गर्नुभएको छ ।

संसद्को प्रभावकारिता हुन सकेन र जनतालाई संसद् हाम्रा लागि हो भन्ने अनुभूति भएन भने व्यवस्थालाई नै कमजोर तुल्याउन सक्नेतर्फ विचार गर्न आवश्यक रहेको बताउँदै नेता लेखकले संसद्लाई काम दिने र जवाफदेही तुल्याउने जिम्मेवारी सरकारकै भएको बताउनुभयो ।

संसद्‌मा दलका नेताबीच मन्तव्यका क्रममा हुने आलोचनात्मक क्रियाकलापले अवलोकनका लागि आउने विद्यार्थीले के पाठ सिक्न सक्छन् भन्नेमा सचेत हुन आवश्यक रहेको बताउँउनुभयो ।

पूर्वमन्त्री लेखकले नेकपा एमालेसँग नयाँ समीकरण बनाउने र अहिलेको गठबन्धन भत्काउने खेलमा आफ्नो पार्टी नरहेको प्रतिक्रिया दिनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित