FLASH NEWS
  • Loading...

सन्दीप लामिछानेबारे जोडेर मेरो चरित्रहत्या गर्न खोजियोः पारस खड्का

  • गोल्डेन खबर
  • २ महिना अघि
  • १९७ पटक पढिएको
सन्दीप लामिछानेबारे जोडेर मेरो चरित्रहत्या गर्न खोजियोः पारस खड्का

काठमाडौँ । आफूलाई सन्दीप लामिछानेको विषयमा अनावश्यक ढंगले आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आपत्ति जनाएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका खड्काले भनेका छन्, ‘पछिल्लो केहि समययता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

आफूमाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ । यो सबैका बिच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।’

उनले नेपाली क्रिकेटको विकास र विस्तारप्रतिको आफ्नो अठोटमा कदापि पनि परिवर्तन नआउने पनि स्पष्ट पारेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित