FLASH NEWS
  • Loading...

शुक्रवारको संसद्‌ बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ८६ पटक पढिएको
शुक्रवारको संसद्‌ बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूको छलफल बिना निस्कर्ष टुङिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको बैठकमा शुक्रवारबाट शुरु हुने वर्षे अधिवेशन व्यवस्थित बनाएर लैजाने बारेमा छलफल भएको हो । बैठक पुनः शुक्रवार बस्नेछ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोप लगेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम नै राखेको छ। ​

जसकारण पनि आजको बैठक पनि संसद् निर्वाचन सुचारु गर्ने सहमति बिनै टुंगिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार वर्तौलाले शुक्रवारको प्रतिनिधिसभाको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूचि तय भएको र शीर्ष नेताहरूको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहजतापूर्वक सभा सञ्चालन गर्न दिनुपर्ने बारेमा छलफल भएको बताउनुभएको छ ।

उहाँले बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनै पनि कार्यसूचि नराख्ने र शीर्ष नेताहरुले सम्बोधन गर्ने भएकाले कांग्रेसले सभा अवरुद्ध नगर्नेमा विश्वस्त रहेको बताउनुभएको छ ।

उहाँले संसद बैठकमा शीर्ष नेताहरूले महत्व दिएर सम्बोधन गर्ने कुरा जरुरी रहेको र यसले राजनीतिक अर्थ दिनुका साथै देशभरका समस्या शीर्ष नेताबाट उजागर हुने अपेक्षा गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित