FLASH NEWS
  • Loading...

कोशी प्रदेशः नवनियुक्त मुख्यमन्त्री कार्कीले एक साताभित्र विश्वासको मत लिने

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • २२१ पटक पढिएको
कोशी प्रदेशः नवनियुक्त मुख्यमन्त्री कार्कीले एक साताभित्र विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक साताभित्रै विश्वासको मत लिनुहुनेभएको छ ।

बिहीबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले हप्ता दिनभित्रै सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने बताउनुभएको छ ।

बजेट तथा नीति र कार्यक्रमको तयारी गर्नुपर्ने भएकाले सरकारले पनि छिट्टै पूर्णता पाउने उहाँको भनाइ थियो।

जनताका असन्तुष्टिलाई चिर्ने गरी नीति तथा कार्यक्रम ल्याउने बताउँदै उहाँले प्रदेश संरचनाप्रति जनतामा रहेको निराशा हटाउन गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रदेशसभामा रहेका सबै दललाई साथमा लिले बताउँदै कार्कीले नेकपा एकीकृत समाजवादी र जसपालाई पनि सरकारमा सहभागी गराउने संकेत गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित