FLASH NEWS
  • Loading...

सरकार छाड्‌ने निर्णय भएको छैनः झलनाथ खनाल

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ८१ पटक पढिएको
सरकार छाड्‌ने निर्णय भएको छैनः झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नभएको बताएनुभएको छ ।

सोमवार आयोजित पार्टीको पोलिटब्यूरो बैठकपछि सञ्चारकर्मीसँग उहाँले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुको छलफलका लागि सो कुरा बताउनुभएको हो ।

सम्मानित नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाड्ने‌ कुरा उल्लेख नभएको स्पष्ट पार्नुभएको छ ।

उहाँले पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि भोलिबाट सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकमा थप छलफल हुने पनि बताउनुभएको हो ।

नेकपा एसले मंगलवारबाट ललितपुरको कान्तिपुर गार्डेनमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ।

सम्मानित नेता खनालले दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुंगो लगाउने बताउजुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित