FLASH NEWS
  • Loading...

नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णयः सरकारी अस्पतालमा जनशक्ति थप्ने

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ७२ पटक पढिएको
नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णयः सरकारी अस्पतालमा जनशक्ति थप्ने

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

राष्ट्रपतिबाट सोमवार मन्त्रीको शपथ लिएपछि मन्त्रालयमा पदभारग्रहण गर्दै मन्त्री यादवले उक्त निर्णय गर्नुभएको हो ।

उहाँले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, क्षयरोग केन्द्रलगायतमा जनशक्ति थप गर्ने निर्णय गर्नुभएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित