FLASH NEWS
  • Loading...

दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

  • गोल्डेन खबर
  • ३ महिना अघि
  • १२७ पटक पढिएको
दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ ।

एमाले महासचिव शंकर पोखरेलले बिहीबार राति जारी विज्ञप्तिमा संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै एमाले सरकारबाट समेत फिर्ता भएको अवस्थामा त्यस्ता निर्णय नगर्न भनेको हो ।

‘एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसकेको अवस्थामा सरकार स्पष्ट अल्पमतमा परेको अवस्था छ’, विज्ञप्तिमा भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित