FLASH NEWS
  • Loading...

एमालेका भ्रातृ संगठनहरुले सातबुँदे प्रस्तावको विरोध गर्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०५ पटक पढिएको
Post Thumbnail

व्यवस्थापिका–संसदमा मङ्गलबार बेलुका दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर नेकपा (एमाले) निकट युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त विरोध गर्ने निर्णय गरेका छन्।

युवा सङ्घको कार्यालयमा आज बसेको संयुक्त बैठकले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावले समस्या समाधान नगर्ने भएकाले त्यसलाई फिर्ता नलिएसम्म निरन्तर विरोधमा उत्रिने निर्णय गरेको युवा सङ्घ नेपालका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए।

बैठकमा वर्तमान सरकारले गरेको संविधान संशोधनको सातबुँदे प्रस्ताव फिर्ता नलिएसम्म त्यसविरुद्ध आन्दोलन गर्ने र अन्य विद्यार्थी र युवा सङ्गठनलाई समेत समेटने निर्णय भएको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताइन्।

संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावविरुद्ध युवा र विद्यार्थी सङ्गठनले देशैभर विरोध गर्ने र ५ नं प्रदेशलाई टुक्राउन नहुने बैठकको निस्कर्ष रहेको अध्यक्ष लामाले जानकारी दिइन्। रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित