FLASH NEWS
  • Loading...

सुर्खेतमा २७ करोड लगानीको शुभ होटल सञ्चालनको तयारी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail

11

१५ मंसिर, काठमाडौं । सुर्खेतमा २७ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको शुभ होलटको निर्माण अन्तिम चरणमा पुगेको छ । अब यो होटल सञ्चालनको लागि तयारी सुरु गरिएको छ ।

क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीसहित सुर्खेत बरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेति र उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य टेकबहादुर भण्डारीको संयुक्त लगानीमा शुभ होटल निर्माण भएको हो ।

निर्माणाधीन होटलमा हालसम्म २३ करोड खर्च भैसकेको छ । आगामी चैतदेखि सञ्चालमा ल्याउन लागिएको शुभ होटलमा ६० वटा डिलक्स रुम छन् । यस्तै होटलमै रेष्टुरेन्ट बार, सेमिनार हल, पार्किङ, बिवाह मण्डप, पार्लर, लिफ्ट लगायतका सुविधा रहको सञ्चालक पदम शाहीले बताए ।
सम्भावाना भएर पनी लगानीका लाति तयार नभएका सुर्खेतका ब्यवसायीहरु पछिल्ललो समयमा होटलको लगानीतर्फ आकषिर्त भएका छन् । सुर्खेत भएर भेरी तथा कर्णालीका पर्यटकीय क्षेत्रतर्फ पर्यटकको आगमन बढेकाले यहाँ होटलमा लगानी गर्ने क्रम पनि वृद्धि भएको छ । यस्तै सुर्खेतमा ठुला ठूला सभा-समारोह कार्यक्रमहरु संचालन हुन थालेपछि होटलमा लगानी गर्न ब्यबसायीहरु आकषिर्त भएका छन् ।

स्थलमार्ग हुदै कर्णाली जाने यात्रुहरु सख्या लगातार बढ्नु र सुर्खेत-काठमाडौं सिधा हवाइ सेवा सञ्चालन हुनुले उत्साहित भएका व्यवसायीहरु होटल व्यवसायका लागि करोडौं खर्चन तयार भएका हुन् ।

६ नम्बर प्रदेशको सम्भावित राजधानीका रुपमा हरेको सुर्खेत कर्णाली अञ्चलको प्रवेशमार्ग हो । यहाँ मध्यपश्चिमका अधिकांश क्षेत्रीय कार्यालयहरु पनि छन् । यसैका कारण पनि होटलको लगानीतर्फ ब्यवसायीहरु आकषिर्त भएको सुर्खेत उद्योग वाणिज्य संघका प्रकाश अधिकारी बताउँछन् ।
सञ्चालनको तयारीमा रहेको शुभ होटलमा झण्डै ६० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । शुभ होटल भूकम्प प्रतिरोधी र अपांगमैत्री पनि रहेको सञ्चालकले बताएका छन् । होटलमा आन्तरिक तथा बाह्य दुबै खालका पर्यटकहरुलाई लक्षित गरेर होटलका शुल्क तय गरिने भएको छ ।

सिद्धार्थमा थप लगानी

सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटी अन्तरगतको सिर्द्धाथ होटल पनि थप सुविधा विस्तार गर्ने योजनासहित अगाडि बढेको गुप्रका म्यानेजर कृष्ण भण्डारीले बताए ।
करीब डेढ वर्षअघि १६ करोड रुपैयाँमा सन्नी भिलेज रिर्सोटको स्वामित्व लिएर यो होटलले नयँ तवरले सेवा थालेको थियो ।

म्यानेजर भण्डारीले भने-‘३० करोड लगानी बढाएर यो क्षेत्रको आवश्यक्ताअनुसार अझ थप सुविधासहित अगाडि बढ्ने योजना बनाइरहेका छौं ।’
सस्तोमा पनि स्टार लेभलको सेवा सुविधा प्रदान गर्न सिद्धार्थ होटल सक्षम भएको उनको नभाइ छ । भण्डारीका अनुसार सिद्धार्थ होटलमा हाल ३४ वटा डिलक्स रुम, स्विमिङ पुल, फुड गार्डेन, सेमिनार हल छन् ।

केही समयमै होटलमा रुमको सख्या बढाउने योजना बनेको छ । होटलमै हेल्थ क्लब र क्षेत्रीयस्तरको सभाहल निर्माणको काम भइरहेको भण्डारीले बताए ।

क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष शाही राजधानीदेखि सिधै सुर्खेत आउन चाहने यात्रुहरुसमेत सुर्खेत एयरपोर्टका कारण नेपालगञ्ज रोकिनुपर्ने बाध्यता रहेको बताउँछन् ।

ठूला जहाजहरु सुर्खेतमा आउन नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ । ठूला जहाज सुर्खेतमा आउने हो भने यो क्षेत्रको पर्यटनमा कायापलट हुने उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित