FLASH NEWS
  • Loading...

यी हुन् मान्छेले झैँ पढेलेखेका दुनियाका ५ जनावर

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
Post Thumbnail

 

मानिसले मात्र पढेर ड्रि्री हासिल गर्छन भन्ने सोच छ भने अब आफ्नो सोचलाई अलि फराकिलो बनाउनुहोस् । शैक्षिक उपाधि हासिल गर्ने यो दौडमा मानिससँगै जनावरपनि अब अघि बढेका छन् । विश्वमा विभिन्न जनावरहरुले विभिन्न शैक्षिक उपाधि प्राप्त गरेका छन् ।
मान्छेले झैँ उच्च शिक्षाको शैक्षिक उपाधि हासिल गरेका केही जनावरहरुको बारेमा जानौँः

·    रोको नामक पुलिसको कुकुरले क्यानडाको कन्कोर्डिएल विश्वविद्यालयबाट क्रिमिनल जस्टिल विषयमा बिएस्सी उत्तर्ीण्ा गरेको छ । कुकुरले ड्रि्री हासिल गरिसके पनि सेनेका काउन्टी पुलिस विभागका प्रमुखले भने ड्रि्री लिएका थिएनन् । उनले बल्ल सोही कलेजबाट कुकुरले पढिसकेको विषयमा बिएस्सी गर्दैछन् । अर्को अनौठो कुरा झन् के छ भने कुकुरले बिएस्सी इन क्रिमिनल जस्टिस विषयमा ए प्लस ग्रेड हासिल गरेको छ जहाँ प्रहरीका अर्का एक मुख्य अधिकारीले बि माइनस ग्रेड प्राप्त गरेका छन् ।

·    अमेरिकाको पेल्सिल्भेनियाका जिल्ला उपन्यायाधिवक्ताले आफ्नो घरमा पालेको बिरालोलाई एमबीए उत्तर्ीण्ा गराएका छन् । आफ्नो बिरालोलाई एमबीए गराउनुको मुख्य कारण चाहीँ बिरालोलाई विज्ञ बनाउन होइन की कलेजको ठगीको खुलासा गर्नका लागि हो । उक्त कलेजले पैसा कमाउनका लागि फर्जी विद्यार्थीलाई समेत जथाभावी विभिन्न ड्रि्री प्रदान गर्ने गरेको थियो । यहीँ चक्करमा उक्त कलेजले न्यायाधिवक्ताको बिरालोलाई पनि एमबीएको उपाधि प्रदान गरेछ । पछि ती वकिलले सोही कुरालाई लिएर उक्त कलेजविरुद्ध मुद्दा हाले र अन्ततः उक्त कलेज बन्द गराउन मात्र सफल भएनन् त्यसमाथि डेढ लाख डलर जरिवाना गराए ।

·    सन् १९७३ तिर अमेरिकाको फ्लोरिडामा एक बिरालो निकै चर्चित भयो । उसको नाम किटी थियो । उक्त बिरालोलाई चर्चामा ल्याउने काम चाहीँ एकजना लेखकले गरेका थिए । किटी स्प्यान्की नामबाट चर्चित थियो र स्कुलको पर्ढाई पूरा पनि गर्यो । तर कलेजले भने बिरालोलाई भर्ना नगरिने भन्दै उसलाई भर्ना गरेन । तर जब ती लेखकले उक्त बिरालोको विषयलाई पत्रिकामा उछाले तब कलेजले पनि उक्त बिरालोलाई भर्ना गर्न बाध्य भयो ।

·    अमेरिकाको जोन हप्किन्स विश्वविद्यालय स्कुल अफ एजुकेसनले सन् २०१३ मा एक कुकुरलाई स्नातकोत्तर उपाधि प्रदान गर्यो । क्रिस नामक उक्त कुकुरलाई आफ्नो मालिकसँग हरेक दिन कक्षामा आएको भन्दै परामर्श विषयमा सम्मानार्थ एमएस्सी उपाधि प्रदान गरेको हो ।

·    अमेरिकाको एशूड विश्वविद्यालयले अनलाइन शिक्षा मार्फ विद्यार्थीहरुलाई विभिन्न शैक्षिक उपाधि प्रदान गर्ने गर्दछ । अर्थात अर्को अर्थमा यसले वेबसाइटमा हाइस्कुल देखि पिएचडी सम्मका शैक्षिक उपाधि बेच्दछ । उक्त विश्वविद्यालयले सोन्नी नामको एउटा कुकुरलाई मेडिकल डिप्लोमाको उपाधि प्रदान गरेको खुलासा भएको छ । कलेजले सोन्नी कुकुरलाई प्रदान गरेको शैक्षिक उपाधिको अनुभव खण्डमा सोन्नीले अरु कुकुरको भुँडी सुँघ्ने काममा निपर्ूण्ाता हासिल गरेको उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित