FLASH NEWS
  • Loading...

कुखुराको भाले मर्दा मलामीसहित दाहसंस्कार, कपाल खौरिएर काजकिरिया

  • गोल्डेन खबर
  • २ साल अघि
  • ३४९ पटक पढिएको
कुखुराको भाले मर्दा मलामीसहित दाहसंस्कार, कपाल खौरिएर काजकिरिया

दाङ । कुखुराको भाले मर्दा मलामीसहित दाहसंस्कार र कुखुराको भाले मर्दा मलामीसहित दाहसंस्कार र कपाल खौरिएर काजकिरिया गरिएकाे छ । तुलसीपुर उपमहानगरपालिकामा कुखुराको भाले मर्दा परम्पराअनुसार दाहसंस्कार गरिएको हाे।

उपमहानगरपालिकामा –१५ शिव सुवेदीले १९ वर्ष १० महिना पालेको भाले मरेपछि धार्मिक विधिपूर्वक अन्तिम संस्कार गरेका हुन् । सुवेदीले भाले मरेपछि कपाल फाले र नुन पनि छाडे । सुवेदीले मानिस मरेपछि गरिने धार्मिक विधि भाले मर्दा पनि पुर्याए । भाले मरेपछि सेतो कपडा लगाएर काजकिरिया पनि गरे । भाले साउन १६ गते मरेको थियो। भाले मरेपछि उसलाई पनि परिवारको सदस्यजस्तै मानेर दाहसंस्कार गरिएको सुवेदीले बताए।

भाले मरेपछि गाउँका प्राय मानिस पनि मलामी गएका थिए । भालेलाई नजिकको टैवा खोलामा लगेर दाहसंस्कार गरिएको थयो ।

आफुसँगै घरमा पालिने पशुपन्क्षीलाई पनि सम्मान गर्नुपर्छ भन्ने भावना बढाएको र आफूले त्यो किसिमको सन्देश सबैलाई दिन खोजेको बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित