FLASH NEWS
  • Loading...

विश्वको १० रहस्यमय व्यक्ति, जो यो विश्वबाट एक्कारी बेपत्ता भए

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
विश्वको १० रहस्यमय व्यक्ति, जो यो विश्वबाट एक्कारी बेपत्ता भए

मानव जगत रहस्यले भरिपूर्ण छ । मानिसकै कामको कारण कतिपय कुराहरु रहस्यमय बन्दै गईरहेको हुन्छ । तर यी कुराहरुबाट मान्छे टाढा भएको हुन्छ । विश्वमा यस्ता मान्छेहरु पनि देखा परे, जो देखा त परे तर पछि कहाँ गए कुनै पत्तो नै भएन् । कोई यस्ता व्यक्ति थिए जस्को पहिचान पनि हुन सकेन । उनीहरु कहाँ बाट आए, कहाँ गए कुनै पत्तो भएन् । उनीहरु एक्कासी यो दुनियामा देखा परे भने, एक्कासी यो दुनियामा विलाए पनि । उनीहरुको बारेमा धेरै नै जिज्ञासा राखियो तर उनीहरुको बारेमा कसैले केहि पत्ता लगाउन सकेन् । उनीहरु एउटा रहस्य नै भए ।
यसरी दुनियाको रहस्यको गर्भमा हराएका १० व्यक्तिबारे चर्चा गरौं ।

डिवी कोपर


डिवी कोपर अमेरिकी वायुयान इतिहासका पहिलो र अन्तिम रहस्यमय व्यक्ति हुन् । उनले अमेरिकी वायुयानलाई हावामा नै वेपत्ता पारेका थिए । उनले उडीरहेको वायुयानबाट दुई लाख अमेरिकी डलर लिएर प्यारासुटबाट हावामा हामफाले । उनी कहाँ गए निकै नै खोजविन गरियो तर उनको कुनै पत्तो लागेन । अमेरिकी एजेन्सीको लागी उनी टाउको दुखाई नै भयो । लाखौ कोशिश गरे पनि उनको पत्ता लागेन् । तर चार वर्ष पछि केहि डलर ओलेम्वियाको नदिमा तैरिरहेको अवस्थामा भेटियो । तर अरु डलर र प्यारासुट कहाँ वेपत्ता भए । त्यो कुरा अहिले सम्म पनि पत्ता लागेन् ।
ट्याङ्कम्यान


१९८९ जुन ४ मा चिनीया ट्याङ्कको अगाडी एउटा मान्छे उभिएको फोटो देखियो । चिनीया सैनिकले छात्रहरु माथि गरिएको दमनको विरोधमा यी व्यक्ति उभिएको देखिन्छ । यी व्यक्तिले दुई पल्ट ट्याङ्कको अगाडी आए र ट्याङ्क चलाउने सैनिकसंग बोलेको पनि देखिन्छ । भिडले सब हेरिरहेको थियो । तर पछि यो व्यक्ति को थिए र किन ट्याङ्को अगाडी आए यो कुरा रहस्यमय नै भयो । तर पछि छात्रहरु माथी चिनीया दमन केहि कम भयो । र विद्रोह रोकिएको थियो ।

बाबुष्का लेडी


जोन अफ केनेडीको हत्याको समयमा यो महिलाको फोटो खिचिएको थियो । अरु कयौं मानिसको क्यामरामा यी महिलाको फोटो कैद भएकोे थियो । भनिन्छ यो महिलाको पनि क्यामरा थियो र क्यामरामा बन्दुक फिट गरिएको थियो र यहि क्यामरा जस्तो बन्दुक बाट केनेडीको हत्या भएको थियो । सुट गर्ने वित्तिकै हल्ला खल्ला भयो र यी महिला त्यही भिडमा वेपत्ता भईन् । यी महिलाले आफ्नो अनुहार हर समय क्यामराले छोप्ने कोशिश गरेकी थिईन् । यस पछि पुलिसले यी महिलालाई निकै खोजी गर्यो तर यी महिलाको अत्तो पत्तो भएन् ।

ग्रीन चाइल्ड

बेलायतमा देखिएको यी हरिया बालबालिका पनि रहस्यकै गर्भमा रह्यो । १२ औं शताब्दीमा दूई वटा भाईबहिनी बेलायतको सफोर्ड गाउँको वालपिट भन्ने ठाउँमा देखा परे । उनीहरुको पुराई शरिर हरियो रंगको थियो । उनीहरुको भाषा पनि अर्कै थियो । उनीहरु खाली हरियो सिमी खान्थे । जब उनीहरु यो दुनियामा देखा परे उनीहरुले छिट्टै अंग्रेजी भाषा सिके भने विस्तारै अरु खाना पनि खान थाले । तर यो परिवर्तन उनीहरुले तत्काल सहन सकेनन् र भाईको मृत्यु भयो । तर परिवर्तन संगै उनीहरुको शरिरको रंग पनि आम मानिसको जस्तै हुँदै गयो । सानी बालिकाको अनुसार उनी सेन्ट मार्टिन ल्याण्डबाट आएकी हुन् । त्यो ठाउँ जमिनको मुनी छ । त्यहाँ सूर्यको किरण कहिले पनि पुग्दैन र त्याहाँका हरेक चीज हरियो हुन्छ । तर यसको रहस्य पनि रहस्यमय नै रह्यो ।

फलिङम्यान


अमेरिकाको वल्ड ट्रेड सेन्टरमा भएको हमलाको बेलाको तस्वीर हो यो । यो तस्वीरमा एउटा मानिस टाउको तल, खुट्टा माथी हुँदै झरेको फोटो भाइरल भयो । तर यो व्यक्ति को थिए, अहिले सम्म पनि पत्ता लगाउन सकिएको छैन् । पुरा दुनियामा यो व्यक्ति फेमस भए । कोइ कोइको अडकलको अनुसार यी व्यक्ति जोनथन ब्राइड हुन सक्छन् । यो यहि टावरको एउटा रेष्टुरेन्टमा काम गर्थे । तर आज सम्म पनि यसको आधिकारीक पुष्टी भने हुन सकेको छैन् ।

ज्याक दि रिप्पर


यी व्यक्तिको घटनालाई लिएर विभिन्न फिल्म, नाटक र सिरियलहरु बनेका छन् । यो १८ शताब्दीको अन्त्यतिरको घटना हो । रिप्परले ११ जना महिलाको विभत्स किसिमले हत्या गरेका थिए । महिलाको हत्या पश्चात उनले ती महिलाको शरिरलाई यसरी तहसनहस पारिदिन्थे की ती को हुन भनेर चिन्न सकिदैनथ्यो । यसरी खतरनाक किसिमले उनले ती महिलाहरुको किन हत्या गरे त्यो आज सम्म पनि रहस्यकै गर्भमा छ । हत्या गरिएका सबै महिला वेश्या थिए । पुलिसले हत्याराको निकै खोजी गरे पनि उसको कुनै पहिचान हुन सकेनन् ।

स्याडो म्यान


दोस्रो विश्व युद्घ हुँदा जापानको हिरोसिमामा तीन लाख मानिसको एकै चिहान भएको थियो । यो तस्वीर विष्फोट भएको ठाउँभन्दा ८५० फिट टाढाबाट खिचिएको हो । यो तस्विरमा कुनै व्यक्ति बसेको थियो । विष्फोटनले उक्त व्यक्तिको कुनै पनि अंश बाकी राखेन । राख्यो त उसको छायाँ मात्र राख्यो । यो छायाँ कस्को हो, यसको वास्तविकता कहिले पत्ता लागेन ।

टउरेड म्यान


१९५४ मा एउटा व्यक्ति टोकियोको इन्टरनेशनल एयरपोर्टमा उत्रियो । त्यहाँको सेकुरिटीले उनको पहिचान खोज्यो । उक्त व्यक्तिले आफु टउरेडको भएको र हजारौ वर्षदेखि त्यही रहेको जानकारी दियो । उसको साथमा ड्राभिङ लाइसेन्स, पासपोर्ट र नागरिकता सबै टउरेडको नै थियो । सेकुरिटी गार्डले यस्तो देशको नाम कहिले सुनेको थिएन् । त्यसैले उसलाई समातेर उसलाई एउटा होटलमा राखियो र यसको निगरानीको लागी दुईवटा व्यक्ति खटाइयो । तर अर्को दिन त्यो व्यक्ति एक्कासी गाएब भयो । ती व्यक्ति कसरी, कहाँ गायब भयो भन्ने कुरो आज सम्म पनि रहस्यमै रह्यो ।

इजडाल महिला


१९७० मा वर्लिनको डेथ भ्यालीमा एउटा महिलाको लास भेटियो । उस्को शरीरमा कुनै कपडा थिएन् भने उस्को पासपोर्ट उनी नजिकै जलेको अवस्थामा भेटिएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण बढी सिल्पीङ ट्याब्लेटको भनियो । तर अरुको मान्यता अनुसार उनको हत्या भएको हुनुपर्छ । यी महिला जासुस थिइन । तर किन र कसरी यिनको मृत्यु भयो यो पनि रहस्यमै रह्यो ।

सुडानको बालक


यो तस्वीर जब आयो । यसले दुनियामा तहल्का मच्चायो । यो तस्वीर फोटो पत्रकार केविन काटर््रको थियो । उनले सुडान यात्राको समयमा लिएका थिए । तस्वीरमा एउटा बालक भूखमरीको कारण तड्पिरहेको थियो भने उसको पछाडी एउटा गिद्घ बालक कहिले मर्ला र खाउला भनेर कुरिरहेको देखिन्छ । यो को बच्चा हो । यसको पहिचान हुन सकेन । यो तस्वीरले सुडानको त्यो बेलाको यथास्थिती वर्णन गरिएको थियो । भनिन्छ केविन कार्टर पनि यो फोटो खिचेको एक वर्ष पछि डिप्रेशनको शिकार भए र आत्महत्या गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित