FLASH NEWS
  • Loading...

इन्टरपोलको २३औ एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९० पटक पढिएको
Post Thumbnail

प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै एउटा मात्रै मुलुकको प्रयासले  संगठित अपराध र यसका चुनौती रोक्न नसकिने बताएका छन् ।
विश्वभरका प्रहरीको छाता संगठनका रूपमा रहेको इन्टरपोलको २३औ“ एसिया क्षेत्रीय सम्मेलनमा उनले सो विचार व्यक्त गर्दै यसका लागि राष्ट्र-राष्ट्रबीच सहकार्य गरी अघि बढ्न जरुरी रहेको धारणा व्यक्त गरे । सम्मेलनमा अपराधमा देखिएको प्रवृत्ति र चुनौतीको समाधानका लागि सम्मेलन सफल हुने विश्वास व्यक्त गर्दै एसियाका क्षेत्रका भावि दिनका सुरक्षा चुनौती सामना गर्न सक्नेगरी निष्कर्ष निकाल्न सम्मेलनका सहभागीलाई प्रधानमन्त्रीले आग्रहसमेत गरे । उनले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग बढ्दै गएको भन्दै यो नया“ चुनौती सामना गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।
सम्मेलनमा संगठित अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतंकवाद, साइबर अपराध, मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा छलफल हुनेछ ।
एसिया क्षेत्रका ५२ सदस्य मुलुक र तीन पर्यवेक्षक मुलुक गरी ५५ राष्ट्रको प्रतिनिधित्व हुने भनिए पनि सम्मेलनमा ३६ राष्ट्रका कानुन कार्यान्वयन गर्ने अधिकारीको प्रतिनिधित्व मात्र भएको छ । सम्मेलनमा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललले मानव बेचबिखनबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।
उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले अपराधका नया“ प्रवत्तिलाई निरुत्साहित गर्न आवश्यक रणनीति तय गर्न सम्मेलन सफल हुने बताए । उनले बहुआयामिक चुनौती रहे पनि त्यसलाई चिर्दै कानुनको कार्यान्वयन गर्न आवश्यक रहेकामा पनि जोड दिए ।
इन्टरपोलका अध्यक्ष मेङ हङवेइलले एसिया क्षेत्रको सुरक्षा चुनौती र समाधानका उपायबारे सम्मेलनमा छलफल हुने जानकारी गराए ।
प्रहरी महानिरीक्षक अर्यालले सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान, सहयोग, समन्वय र सहकार्य गर्न सम्मेलन आयोजना गरिएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित