FLASH NEWS
  • Loading...

कुखुराको भालेको पनि बन्ध्याकरण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९८ पटक पढिएको
Post Thumbnail


हिजो आज नयाँ नयाँ खोज हुदै आएको छ । पहिले पहिले बोकालाई खसी बनाएर बेच्दा फाईदा हुने देखिए पछि यो एउटा संस्कृति नै भयो हाम्रो लागी । जति परेपनि खसीको मासु खाने बानी हामीलाई परेको छ । त्यस्तै अहिले यस्तै एउटा नयाँ र अनौठो लाग्ने काम भएको छ । तर यो सत्य घटना हो ।
कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन ।
पाल्पा जिल्लाको रामपुर नगरपालिकामा कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालिएको छ । कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो । भालेको पछाडिको करङको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गरेको छ । भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी हुने गर्दछ ।
कुखुराको परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने र तौल पा“चदेखि सात किलोसम्म हुने गरिएकोले यस्तो बन्धाकरण गरिएको हो । पहिले कुखुराको अण्डकोष निकाल्न निकै समस्या भएपनि अहिले सहजरूपमा बन्ध्याकरण हुने गरेको छ ।
सुरुसुरुमा केही कुखुरा मरेपनि अहिले कुखुराको शल्यक्रिया सफल भएको छ । कुखुरा शल्यक्रियापछि चिल्लो ह“दै जाने र यौन क्षमता कमजोरहदै जान्छ । स्थानीय प्रजातिका कुखुरामा मात्र अण्डकोष निकाल्न सम्भव हुने गर्दछ । ब्वायलर प्रजातिका कुखुरामा अण्डकोष निकाल्ने काम भने भएको छैन् । पहिले रहरका लागि गरिएको यो काम अहिले अनुसन्धानमूलक भइरहेको छ ।
नेपाली समाजमा मानिस प्रायः कम सन्तानका लागि परिवार नियोजन गर्न रुचाउ“छन् । तर पछिल्ला वर्षमा अनुसन्धानका लागि कुकुरलाई तीनमहिने सुईको प्रयोग र बन्ध्याकरण गरिएको पाइए पनि अहिले कुखुरामा भने नौलो मानिएको हो ।
पाल्पाका ग्रामीण क्षेत्रमा गोरु, बोका, सु“गुर र बंगुरको अण्डकोष निकाल्ने चलन रहिआएको बूढापाकाहरू बताउ“छन् । अण्डकोष निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने हु“दा मासुको उत्पादन बढी हुने जानकारहरू बताउ“छन् । करिब पा“च–सात वर्षदेखि कुखुराको शल्यक्रियामार्फत बन्ध्याकरण गर्ने काममा उनले सफलता पाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित