FLASH NEWS
  • Loading...

निजी उत्पादकको विद्युत् खरिद गरिने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail


काठमाडौं–‘लिऊ र तिर’ को नीति अख्तियार गर्दै निजी उद्योगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ नेपाल विद्युत् प्राधिकरणले निजी विद्युत् उत्पादकले उत्पादन गरेको विद्युत् खरिद गर्ने भएको छ ।
प्राधिकरण सञ्चालक समितिको हालै बसेको बैठकले कुनै सर्त विनै निजी विद्युत् उत्पादकले उत्पादन गरेको विद्युत् खरिद गर्ने निर्णय गरेको हो । निजी उत्पादकलाई तोकिएको समयभन्दा शीघ्र आयोजना सम्पन्न गर्न समेत आग्रह गर्दै ‘लिऊ र तिर’ को नीति अख्तियार गरेको छ । प्राधिकरणको उक्त निर्णयपछि यसअघि भएका आवश्यक परेको समयमा मात्रै विद्युत् लिने निर्णय निष्क्रिय भएको छ ।
यसैविच, प्राधिरकणले पहिलो चरणमा तीन हजार मेगावाटसम्म विद्युत् लिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिका सदस्य भक्तबहादुर पुनले तीन हजार मेगावाट पछि सरकारको निर्देशनपछि आवश्यक निर्णय गरिने जानकारी दिए । प्राधिकरणले उक्त नीति अवलम्बन गरेपछि करिब एक हजार १०० मेगावाट क्षमताका जलविद्युत् आयोजनासग आवश्यकता आधारमा मात्रै विद्युत् किन्ने गरी भएका सम्झौता लिऊ र तिरमा परिणत हुने उनले जानकारी दिए । हाल निजी क्षेत्रका दुई हजार ६९० मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा रहेका छन् भने केही आयोजना निर्माणमा जाने तयारीमा रहेका छन् ।
सरकारले गत वर्षदेखि लागू गरेको ऊर्जा संकटकाल कार्ययोजनाअनुसार नै पहिलो चरणमा तीन हजार मेगावाट विद्युत् उत्पादन हुने अवस्थासम्म मात्रै निजी क्षेत्रले उत्पादन गरेको विद्युत्लाई सहजीकरण गरिएको र त्यसपछिको हकमा थप अध्ययन जरुरी देखिएकाले प्राधिकरण सञ्चालक समितिका एक सदस्यको नेतृत्वमा अध्ययन समिति बनाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले प्राधिरकणले आवश्यकता मात्रै परेको समयमा विद्युत् खरिद गर्ने भन्ने व्यवस्था हटाउन यसअघि नै माग गर्दै आएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित