FLASH NEWS
  • Loading...

सम्झौताको एक बर्षपछि निर्माण कार्य सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०६ पटक पढिएको
Post Thumbnail


काठमाडौं– काठमाडौं भ्यू टावरको निर्माण कार्य सुरु भएको छ । काठमाडौं महानगरपालिका (कामपा)ले पुरानो बसपार्कमा निर्माण गर्न लागेको सो टावर निर्माण कम्पनी र कामपाबीच लामो समय आन्तरिक विषयमा कुरा मिलेपछि सम्झैताको एकबर्षपछि निर्माण कार्य सुरु भएको हो ।
समयमा नै निर्माण कार्य सुरु गर्ने भन्दै निर्माण कम्पनीले गत वैशाखमा नै बसपार्कलाई खुलामञ्चमा सारे पनि काम अघि बढ्न सकेको थिएन । विसं २०७२ मा गएको भूकम्पअघि नै टावर निर्माणका लागि सम्झौता भएकामा भूकम्पपछि पुनः टावरको तला घटाउने निर्णय भए पनि ठेकेदारसंग कुरा नमिल्दा काम रोकिएको थियो । भूकम्पअघि २९ तलाको टावर बनाउने सहमति भएको थियो । भूकम्पपछिको मापदण्डअनुसार २९ तलाको टावर निर्माण गर्नु नियम विपरीत हुने देखियो । बाह्र तलाको बनाउने कुरा भयो अनि ठेकेदार कम्पनीले पहिलेको सहमतिअनुसारको काम अगाडि बढाउन नपाउदा यसअघि निर्माणको काममा समस्या आएको थियो ।
टावर निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द विकोइका प्रमुख मनोज भेटुवालका अनुसार टावर निर्माण गर्नुपर्ने सामग्री इटलीबाट ल्याई गत आइतबारदेखि प्ररम्भिक चरणको निर्माणको काम सुरु भइसकेको छ । अहिले उपकरण जडान गरी जग खन्ने काम भइरहेको छ ।
नेपाली कला र संस्कृति झल्काउने योजना रहेको उक्त टावरका लागि २३ रोपनी पा“च आना जग्गा छुट्याइएको छ । जसमध्ये ४० प्रतिशत भूभागमा भवन बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ । साठी प्रतिशत जग्गामा आकर्षक बगैचा, बस्ने ठाउ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिनेछ ।
टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, रेष्टुरा, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ । सो भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना छ । काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौताअनुसार कम्पनीले वार्षिक दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित