- Loading...
भ्रष्टाचारीलाई कार्वाही नभएसम्म चुनाव गर्नु हुँदैन ः राष्ट्रिय जनता पार्टी
- गोल्डेन खबर
- ६ साल अघि
- ९ पटक पढिएको

काठमाडौ
१६ माघ – भ्रष्टाचारीलाई कार्वाही नगरेसम्म कुनै पनि प्रकारका चुनाव नगर्न राष्ट्रिय जनतापार्टीले चेतावनी दिएको छ । देश भ्रष्टाचारले खतम पारीसकेकोले पहिला भ्रष्टाचारीलाई कार्वाही गरेर मात्रै चुनाव गर्न उक्त पार्टीको माग छ । । ‘देश भ्रष्टाचार मय भएको छ, भ्रष्टाचारीहरुलाई कार्वाही नगरी हुने चुनाव निश्पक्ष हुँदैन’ राजधानीको संवादक्लमा आयोजीत पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष नेत्र बहादुर लिम्बुले भने ‘सम्पूर्ण भ्रष्टाचारका काण्डमा कार्वाहीको साथै ३३ किलो सुनकाण्डका मालिकलाई तुरुन्त कार्वाही होस ।’
सो पार्टीले त्रिभुवन विमानस्थलमा भारतीय एयर मार्सल उतारीएको भन्ने विषयमा प्रष्ट पार्न राष्ट्रिय जनतापार्टीले सरकारको धारणा माग गरेको छ । सञ्चारमाध्यममा छ्याप्छ्याप्ती एयरमार्सलको समाचार आउँदा पनि सरकार मौन रहेको भन्दै सो पार्टीले बिरोध गरेको छ । ‘यस्तो संवेदनशिल विषयमा व्यापक प्रचार प्रसार भईरहँदा पनि सरकारले कुनै आधिकारीक धारणा सार्वजनिक नगरेको प्रति हाम्रो पार्टी घोर भ्रत्र्सना गर्दछ’ पार्टीका सह अध्यक्ष जय बहादुर खत्रीले भने ‘वास्तविकता के हो जनसमक्ष ल्याउन र एयरपोर्टमा आफ्नो सुरक्ष गर्न नसक्ने सरकारसंग जोडदार माग गर्दछौँ ।’
सो पार्टीले संघियताका नाममा देश टुक्र्याउने काम निन्दनिय भएको बताएको छ । ‘राष्ट्रघाति भएकोले संविधानमा भएको संविधानमा भएको सात प्रदेश खारेज गरी पाँच प्रदेश बनाउनुपर्ने धारणा राखेको छ’ पार्टीका महामन्त्री कुमार प्याकुरेलले भने ।
राज्यका सम्पत्ति नदिनाला, पहाड, हिमाल बन जंगलको लेखाजोखा र नापजाँच अभिलेख राख्न नसक्ने नालायक सरकार भन्दै आलोचना गरेको छ । ‘सगरमाथाको लम्र्बा नाम्पन विदेशी ईन्जीनियर मगाउने र नेपाली ईन्जिनीयरहरु असक्षम रहेको भन्ने कुराले नेपालको अस्तित्वमाथी नै प्रश्न उठेको छ’ अध्यक्ष लिम्बुले भने । कार्यक्रममा पार्टीका उपाध्यक्ष कुल बहादुर बस्नेतले पनि सरकारको बिरोध गरेका थिए ।