FLASH NEWS
  • Loading...

माइतीघर मण्डलामा राष्ट्रिय झण्डा फहराइयो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०६ पटक पढिएको
Post Thumbnail


काठमाडौं—सहिद दिवसको अवसर पारेर काठमाडौंको माइतीघर मण्डलामा नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । फहराइएको झण्डा १० मिटर लामो र साढे ७ मिटर चौडाइ रहेको छ ।
सहिद दिवसको अवसरमा नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् ।
कार्यक्रममा अध्यक्ष ओलीले नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि, नेपालीहरुलाई आफ्ना राष्ट्रियता झन् प्यारो लाग्न थालेको बताए । झण्डाको महत्व दर्शाउँदै उनले भने, ‘केही वर्षयता नेपालको झण्डा नेपालीलाई प्यारो लाग्न थालेको छ ।’ उनले थपे, ‘केही स्वार्थ तत्वबाहेक सबैले देशलाई माया गर्ने गरेको देखियो ।’
अध्यक्ष ओलीले जस्तोसुकै परिस्थिति आए पनि देशलाई टुक्रिन र कमजोर पनि हुन नदिने धारणा राख्दै ‘हामी दुःख व्यहोर्न तयार छौं । तर हेपिन र स्वाभिमान गिराउन तयार छैनौं ’ उनले भने, ‘सबै राष्ट्रप्रेमी एक ठाउँमा उभिएर स्वाभिमानको रक्षा गछौं ।’

उनले देशको स्वाभिमान कसैका विरुद्ध पनि नलाग्ने भन्दै जनता र देशको पक्षमा रहेको उल्लेख गरे । अध्यक्ष ओलीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसवादी दललाई राष्ट्रियताका सवालमा एमाले जस्तो नीति ल्याउनसमेत आग्रह गरे ।
उनले निर्वाचन नगर्ने प्रयास भइरहेको भन्दै जसरी पनि निर्वाचन गराएर छाड्ने बताए । ‘निर्वाचन नगर्ने प्रयास भइरहेको छ’ उनले भने, ‘तर निर्वाचन गर्नका लागि आवश्यक दबाब दिने शक्ति हामीसँग छ । निर्वाचन गराएर छाड्छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित