FLASH NEWS
  • Loading...

राज्यद्रोह’ मा राउत पक्राउ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail


जनकपुरधामः लामो समयदेखि विखण्डनको राजनीति र तराईलाई नेपालबाट छुट्ट्याई फरक राज्य बनाउने खुला अभियानसँगै अन्तर्राष्ट्रिय समुदायको अनुमोदन हासिल गर्न सक्रिय डा. सीके राउतलाई बिहीबार जनकपुरस्थित उनको डेराबाट प्रहरीले पक्राउ गरेको छ । उच्च प्रहरी स्रोतका अनुसार राउतमाथि राज्यविप्लव, संगठित अपराधमा संलग्नता र सामाजिक विद्वेष फैलाएको आरोपमा छानबिन हुँदैछ ।
उनको संगठन स्वतन्त्र मधेस गठबन्धनको सक्रियता बढेपछि सिराहा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
माघ ५ गते लाहानको सहिद पार्कमा आयोजित बलिदानी दिवस कार्यक्रममा राउतले राज्य टुक्र्याउने खालका विवादास्पद अभिव्यक्ति दिएको र उनले राष्ट्रिय अखण्डतामा प्रभाव पार्ने खालका विभिन्न गतिविधि गरेको प्रमाणका आधारमा प्रहरीले उनलाई दिउँसो ३ बजे पक्राउ गरेको हो ।
राष्ट्र विखण्डन गर्ने अभिव्यक्ति दिँदै आएका राउतलाई पक्राउ गरी सहयोग गरिदिन सिराहा प्रहरीले आग्रह गरेपछि उनलाई पक्राउ गरिएको जानकारी धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले गराएका छन् । पक्राउ परेका राउतविरुद्ध शुक्रबार नै मुद्दा दर्ता गर्ने तयारी रहेको जानकारी सिराहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित