FLASH NEWS
  • Loading...

अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०१ पटक पढिएको
Post Thumbnail

काठमाडौं—नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुकलाई बलियो बनाउने हो भने अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताएकी छन् ।
जिपी कोइराला फाउन्डेसनद्वारा आयोजित ‘साइवर अपराधसम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम’मा उनले बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहीनताको अन्त भई समृद्धितर्फको यात्रा सहज हुने विचार व्यक्त गरेकी छन् । नेत्री कोइरालाले अपराध गर्ने र तारोमा पर्नेमा युवा बढी भएकाले त्यसतर्फ गम्भीर नभए देशको भविष्य जोखिममा पर्ने बताए ।
कार्यक्रममा साइबर अपराधका जानकार एवं प्रहरी नायब उपरीक्षक पशुपति रायले साइबर अपराधसम्बन्धी विभिन्न घटनाको तथ्य प्रस्तुत गरेका थिए । उनले अपराधीबाट बच्न सचेत गराउँदै कसैलाई विश्वास गरेर सामाजिक सञ्जालमा आफूले खोलेको पेजको पासवर्ड अरूलाई नदिन सुझाव दिए ।
उनले अभिभावकले आफ्ना छोराछोरीको गतिविधिप्रति निगरानी राख्न सुझाव दिए । अनलाइनमार्फत चाइल्ड सेक्स टुरिज्मका संगठित अपराधीले बालबालिकालाई पञ्जामा पार्ने चलखेल गरिरहेकामा सचेत रहन उनले आग्रह गरे । कार्यक्रममा कामाद कलेजका विद्यार्थीको उल्लेख्य उपस्थिति थियो । उनीहरूले साइबर अपराधबारे जानकारी लिनुका साथै जिज्ञासा राखेका थिए । जिपी कोइराला फाउन्डेसनले युवालाई लक्षित गरी विकास, अपराध नियन्त्रणमा सचेतना, युवा सशक्तीकरणलगायतका विषयमा देशभर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित