FLASH NEWS
  • Loading...

१६सय विदेशीलाई ‘चिनियाँ ग्रीन कार्ड’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


बेइजिङ-चीनले सन् २०१६ मा एक हजार ६ सय विदेशीलाई स्थायी बसोबासका लागि अनुमतिपत्र ‘ग्रीन कार्ड’ वितरण गरेको चिनियाँ ‘पब्लिक सेकुरिटी’ मन्त्रालयले जनाएको छ ।
चीनले सन् २०१५ को सेप्टेम्बरदेखि आप्रवासी सम्बन्धी नीतिमा परिवर्तन गर्दै स्थायी बसोबासका लागि अनुमति दिने प्रक्रियालाई सजिलो पारेको थियो । यससँगै सन् २०१६ मा विदेशी नागरिकलाई प्रदान गरिएको स्थायी बसोबासको अनुमति १ सय ६३ प्रतिशतले वृद्धि भएको मन्त्रालयद्वारा हालै जारी विज्ञप्तिमा जनाइएको छ ।
ग्रीन कार्ड पाएका विदेशीले चीनमा चिनियाँ नागरिकले सरह लगानी, घर जग्गा खरिदलगायतका अधिकार उपभोग गर्न पाउने छन् ।
ग्रीन कार्ड सम्बन्धी नयाँ कानुन आएसँगै सो सुविधा लिनका लागि निवेदन दिने विदेशीको संख्यामा छ गुणाले वृद्धि भएको मन्त्रालयले बताएको छ ।
नयाँ आप्रवासी सम्बन्धी कानुनसँगै बेइजिङमा ग्रीन कार्डका लागि निवेदन दिनेको संख्यामा सन् २०१५ को तुलनामा गत वर्ष४ सय २६ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०१६ मा चीनमा पाँच करोड ६ सय ५४ लाख विदेशी पर्यटक पुगेका थिए । यो सन् २०१५ को तुलनामा ८.९ प्रतिशतले बढी हो ।
चीनका १५ सहरमा केही मुलुकलाई ७२ घण्टाको ‘भिसा प|mी’ यात्राका लागि अनुमति दिने गरिन्छ । साङर्घाई, जियाङ्सु र झेझियाङले भने १ सय ४४ घण्टे भिसा प|mी भ्रमणको व्यवस्था गरेको छ । तर यो सुविधा विश्वका केही मुलुकका लागि भने मात्रै लागू गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित