FLASH NEWS
  • Loading...

चिहान लुटेको अभियोगमा दश वर्षजेल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail


सेन्याङ-पूर्वी चीनको लियाओनिङ प्रान्तमा गाडिएका चिहान र अन्य बहुमूल्य सामान चोरेको आरोपमा उक्त प्रान्तको एक अदालतले कि जिङ्युलाई १० वर्षछ महिनाको जेल सजाय तोकेको छ ।
किले सन् २०१३ को जुलाईमा हङसान सांस्कृतिक क्षेत्रमा गाडिएको चिहान र समाधिस्थलबाट प्राचीन महत्वका केही बहुमूल्य गहना तथा अन्य सामान लिएको अभियोग लगाउँदै उनीसहित तीन जनालाई जेल सजाय र करिब ६ हजार अमेरिकी डलर जरिवाना तोकिएको छ ।
कि र उनका सहयोगीले इशापूर्व ४७५ देखि २२१ को समयमा गाडिएका चिहानबाट कोदाली, पिक र जमिनभित्रको धातु पत्ता लगाउने एउटा यन्त्र -डिटेक्टर) को सहायता लिँदै चिहानबाट बहुमूल्य मुद्रा, गहनासहित पत्थर लुटेको पुष्टि भएको भन्दै अदालतले जेल तथा जरिवना तोकेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित