FLASH NEWS
  • Loading...

साँस्कृतिक संघ महाधिवेशनमा कोषाध्यक्ष निर्विरोध, सभापतिमा पुनः थापाकै संभावना

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९८ पटक पढिएको
Post Thumbnail

काठमाडौं/ नेपाली कांग्रेसको विचार समर्पित कलाकर्मीहरुको संस्था नेपाल साँस्कृतिक संघको दोस्रो महाधिवेशनको चौथो दिन उम्मेदवारी दर्ता भर्खरै सकिएको छ । सभापतिमा वर्तमान सभापति तीर्थबहादुर थापा, नवीन लामा र सुस्मा कार्कीको उम्मेदवारी परेको छ । तर सभापतिमा थापाकै सम्भावना बढी देखिएको छ । महामन्त्रीमा शिवशंकर रिजाल, गणेशप्रसाद सुवेदी, निदेश रायमाझी र रामबाबु यादवले उम्मेदवारी दिएका छन् ।  सहमहामन्त्री पुरुषतर्फशशी विक्रम थापा, सुनिल लामा र सुभरा अलिको उम्मेदवारी परेको छ । सहमहामन्त्रीको महिलामा भावना शाही र लक्ष्मी पाण्डे उठेका छन् । कोषाध्यक्षमा राधिका हमाल निर्विरोध भएकी छन् ।  केन्दीय सदस्यमा धेरैको उमेदवारी परेको छ ।
त्यस्तै प्रदेश नम्बर १ को  उपसभापतिमा रमेशकुमार घमला निर्विरोध भएका छन् । अन्य पदमा उम्मेदवारी दिनेहरु धेरै छन् ।
मतदान आजै हुने निर्वाचन अधिकृत सन्तोष भट्टर्राईले गोल्डेन खबरलाई बताए ।  शुक्रवारदेखि सुरु भएको महाधिवेशनमा केन्द्र, मुलुकभरका जिल्ला कार्य समिति र विधागत गरी १२ सय १६ प्रतिनिधि सहभागी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित