FLASH NEWS
  • Loading...

खानेपानीमा दिसामा पाइने जीवाणु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail


मलेखु–उत्तरी धादिङको बसेरी गाविसका स्थानियले खानेपानीमा दिसामा पाइने जीवाणु (कोलीफर्म) खाईरहेको भेटिएको छ ।
बसेरी गाविसमा नागरिकले उपभोग गरिरहेको २१ वटा मुहानको पानी जाँच गर्दा ११ वटा मुहानको पानीमा कोलीफर्म भेटिएको हो । कोसोक नेपालले युएमएनको सहयोगमा बसेरी स्वास्थ्य चौकीको अगुवाइमा खानेपानी परीक्षण गरिएको हो ।
विभिन्न २१ मुहानबाट पानीको नमुना लिएर जाँच गर्दा यसमा देखिएको कोलीफर्मले मानिस बिरामी हुने र महामारी फैलिने खतरा रहेको देखिएको छ । गाउँभरिको पानीका यस्तो देखिएकाले यसको लागि मुहान सफाइ तथा पानीलाई निर्मलीकरण गरेर खान भनिएको छ । पानीका कोलीफर्म भेटिनुलाई मुहान संरक्षणमा कमी रहेकाले मुहान सुरक्षा गरी सरसफाइमका ध्यान दिनुपर्ने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित