FLASH NEWS
  • Loading...

रानीपोखरीको माटो परीक्षण गरिने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail

 

काठमाडौं—रानीपोखरीको माटोले पानी कत्तिको सोस्छ भनेर परिक्षण गरिने भएको छ । माटोको परिक्षण पश्चात मात्र पोखरी सफा गर्ने काम सुरु गरिने भएको छ ।
रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड क“डेल केएन केजी जेभीका निर्देशक अर्जुन क“डेलका अनुसार खानी तथा भूगर्भ विभागले माटो परीक्षण गर्नेछ । पोखरीमा रहेको माटाले पानी कत्तिको सोस्छ भन्ने जा“च गर्न विभागले यसै साता माटो परीक्षण गर्न लागेको छ ।
गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका सबै माछा अन्यत्र सारी पोखरी सफा गर्ने तयारी भए पनि माटो परीक्षणमा ढिलाइ भएको कामपाले जनाएको छ । तर पोखरीका वरपर अन्य कार्य भने भइरहेको छ ।
दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराएको इतिहासमा उल्लेख छ । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेतमा क्षति पुगेको थियो । चार सय वर्षदेखि सफा नगरिएको उक्त पोखरी निर्माणकै अवसर पारी सफा गर्न लागिएको हो ।
धेरै नदी, कुण्ड र तीर्थस्थलका जलले भरिएको ऐतिहासिक महत्व बोकेको विष्णुतीर्थको पुनःनिर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित