FLASH NEWS
  • Loading...

साँसद फुयाँलले नि.शुल्क लोक सेवा तयारी कक्षा संचालन गर्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं/ काठमाडौं-३ का साँसद रामेश्वर फुयाँलले आफ्नो निर्वाचन क्षेत्रमा नि.शुल्क लोक सेवा तयारी कक्षा संचालन गर्ने भएका छन् । साँसद फुयाँलले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत लोक सेवाको तयारी कक्षा सुरु गर्न लागेका हुन । त्यसको लागि साँसद फुयाँल स्वंयले भित्ता भित्तामा सूचना टाँस्दै हिडेका छन् ।
काठमाडौंका स्थानीयलाई निजामति सेवामा प्रोत्साहित गर्ने उदेश्यले तयारी कक्षा संचालन गर्न लागेको साँसद फुयाँलले बताए । ‘सरकारी सेवामा स्थानीय अत्यन्त कम छन्’ उनले भने- लोक सेवाको क्लास लिएपछि पास गर्न सजिलो हुनेछ ।’
साँसद फुयाँलका अनुसार तयारी कक्षा फागुन ३देखि जोरपाटी र भद्रवासमा संचालन हुनेछ । दुइ सातासम्म चल्ने उक्त तयारी दक्ष प्रशिक्षकद्धारा कक्षामा २ सयलाई प्रशिक्षण गर्ने कार्यक्रम छ । तयारी कक्षा लिनेले साँसदको सर्म्पर्क कार्यालयमा सर्म्पर्क गरी माघ अन्त्यसम्ममा आफ्नो विवरण  बुझाउनु पर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित