FLASH NEWS
  • Loading...

वर्षोनी २८ करोडको बिषादी भित्रिन्छ, गासैपिच्छे विष खान्छन् नेपाली

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९८ पटक पढिएको
Post Thumbnail

तीर्थ न्यौपाने

काठमाडौ – वासमति चामलमा पहिलाको जस्तो वास्ना आउँदैन । काउली र बन्दामा पटक्कै स्वाद छैन । गाजर र मुला उत्तिकै खल्लो छ । गान्टेमुला, पालुंगो, चम्सुर, र रायो साग पनि मिठो हुन छाडेको छ ।
कृषकले अत्याधिक मात्रामा विषादी गर्दा अन्न र तरकारी स्वादिलो हुन छाडेको हो । यसले उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ ।
विषादी छरेर उत्पादन गरेको खाद्य वस्तु खाँदा टाउको दुख्ने, रिगडा लाग्ने र नपुसक जस्ता रोग निम्तिने गरेको विषादी विद्ध यज्ञप्रसाद गिरी बताउँछन् । ‘विषादी छरेर उत्पादन गरेको फलफुल र तरकारी काँचो त खानै हुन्न, तर यहाँ विषादी हालेर उत्पादन गरेको मुला, गाजर नै सलादको रुपमा प्रयोग भइरहेको छ’ उनी भन्छन्  -यस्तो खानाले क्यान्सर पनि हुन सक्छ ।’
व्यवसायिक किसानले विषादी बढी र्छर्ने गरेको बाली संरक्षण निर्देशनालय, विषादी पञ्जिकरण तथा व्यवस्थापन शाखाका प्राविधिक कृष्ण प्रधान बताउँछन्  । ‘किसानले अचेल विषादी नहाली केही पनि उत्पादन गर्देनन ‘ उनी भन्छन्-बाली बढी फलाउने कृषकहरुको प्रलोभनले उपभोक्ताको  गास-गासमा विष परेको छ । विषादी अन्य बालीको तुलनामा तरकारीमा बढी प्रयोग हुने गरेको प्रधानको अनुभव छ ।  यसको प्रयोग पहाडमा भन्दा तराइमा बढी छ । ‘कुन बालीमा कुन विषादी कति हाल्नु पर्छ भन्ने ज्ञान किसानमा नभएको होइन’ उनी भन्छन्- ‘बढी कमाउने लोभका कारण बुझेका किसानले पनि उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेका छन ।’
कृषकले गोलभेडालाई कुहिनबाट जोगाउन ‘फङ्गीसाइड’ र्छछन । यो विषादी छरेको १०/१२ दिन सम्म गोलभेडा खानु हुदैन  । तर किसानले कीटनाशक औषधी छरेको २/३ मै बेच्ने गरेका छन ।     साग लगायतका तरकारीलाई लाइ किराबाट बचाउन ‘फोस्फेड’ र्छर्ने गरिएको छ । फोस्फेड छरेको तरकारी एक साता भित्रै खाए स्वास्थ्यको लागि हानिकारक हुन्छ । तर किसानले औषधी छरेको भोृली पल्ट नै साग टिपेर बेच्ने गरेका छन ।
विषादी पञ्जिकरण तथा व्यवस्थापन शाखाका अनुसार नेपालमा वषैनी  करिब साढे ३ लाख किलो विषादी खपत हुने गरेको छ ।  गत वर्ष३ लाख ­४७ हजार ४ सय ९४ किलो विषादी प्रयोग भएको थियो । यो २७ करोड २६ लाख ८१ हजार रुपैयाँ मुल्य बराबरको हो ।
बालीमा ३६ किसिमका विषादी प्रयोग हुने गरेको प्रधानको अनुभव छ । व्यवसायीले यसलाई एक सय ७३  नाममा छुटटाएर बेच्ने गरेका छन । सरकारले क्लोरोडेन, डी.डी.टी., डाइएल्डिीन, अल्डाइ, हेम्टाक्ल्लोरोर, टोक्सोफेन, मिरेक्स, वि.एस.सी, लिनडेन, फस्फामेडिन , मिथाइल पाराथिएन र मनोक्रोटोफस लगातयका १४ प्रकारका कडा विषादी प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । यसलाई ०५१ देखि बन्देज गरिएको हो । यसको बेचन बिखन र प्रयोग गर्नेलाई ‘विषादी ऐन ०४८ र यस सम्बन्धी नियमावली ०५० अन्तरगत कारवाही हुने प्रावधान छ । तर यी मध्ये डीडीटी र मिथाइल पामराथिएन लगायतका विषादी कृषकले प्रयोग गरिरहेका छन् । भारतमा बन्ने यी विषादी खुल्ला सिमानाका कारण नेपालमा अझै पनि प्रयोग भरहेको गिरीले बताए । डीडीटी किरा मार्न प्रयोग हुने धुलो विषादी हो । मुला, गाजर, काउली र बन्दा लगायतका तरकारी लगाउँदा यो विषादी अध्याधिक प्रयोग हुने गरेको छ । किसानले यसलाई बिउ रोप्नु अघि माटोमा हाल्छन । मुलुकमा ५ हजार ६ सय ५६ जनाले विषादी बेच्ने अनु्मति पाएका छन । बिक्री अनुमति कृषि विकास कार्यालयले दिने गरेको छ । कृषि कार्यालयले बिक्रेतालाई विषादी प्रयोग बारे तालिम दिएर मात्र बिक्री अनुमति दिन्छ । कृषकलाई बिक्रेताले नै र्छर्ने तारिका सिकाउँछन् ।
कृषकले र्छर्ने विषादी केही नेपालमै उत्पादन हुने गरेको छ ।  केही भारत र चीन लगायतका मुलुकबाट आउछ । विषादी १० ग्रामदेखि एक किलो सम्मको तौलमा बिक्री हुने गरेको छ । यसको ४० देखि ५ सय रुपयाँसम्म पर्छ ।

विषादी छरेको कति दिन सम्म खान नहुने

विषादी                  खान नहुने दिन
अर्गानो फोस्फेड            २१ देखि ३० सम्म
सेन्थेथिक पाइथोराइड         ७ देखि १५ ”
फङगी साइड                १० देखि १२ ”
फोस्फेड                    ७ दिन       ”

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित